मेचीनगर, जेठ १८ । मेचीनगर नगरपालिकामा पीसीआर परीक्षणका लागि आइतबार ५४ जनाको स्वाब संकलन गरिएको छ ।

मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार चन्द्रशेखर यादवसहितको स्वास्थ्यकर्मीको टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ जनाको नमूना संकलन गरेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा संकलन गरीएको नमूना परीक्षणका लागि १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए । शाखा संयोजक शशीकला राई , सहसंयोजक रामनारायण यादव, टीकाराम ढकाल, गोपाल बराल दीपक सपकोटालगायतको स्वास्थ्यकर्मीको टोलीले नगरपालिका परिसरबाटै नमूना संकलन गरेको थियो ।
यसैगरी मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका ३ सय १५ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ६ महिलासहित १५ जनाको पोजेटिभ आएको थियो । आरडीटी विधिबाट पोजेटिभ देखिएपछि सवैको पीसीआरका लागि नमूना संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्