दमक, जेठ १८ । दुई महिनाअघि सञ्चालनमा आएको दमक ५ स्थित वेलडाँगी रोडमा अवस्थित बिर्ताज्योति आईकेयरले आँखा उपचारमा सुविधा दिन छुटको सहकार्य नीतिलाई तीव्रता दिएको छ ।

यसैक्रममा आज आईकेयर र नेपाली कांग्रेस दमक ७ वडा समितिबीच उपचारसम्बन्धी १५ देखि ५० प्रतिशतसम्म छुटमा एक बर्ष सम्मका लागि संझौता भएको छ ।
पार्टीले अस्पतालमा नै एक कार्यक्रम गरी अस्पतालसंग आँखा जाँचसहित अन्य उपचारमा सहुलियत पाउने गरी संझौता गरिएको कांग्रेस वडा नम्बर ७ का कार्यवाहक सभापति मणीकुमार लिम्बुले बताएका छन् । संझौतापत्रमा अस्पतालका तर्फवाट सञ्चालकसमेत रहेका कार्यक्रम संयोजक मोतिलाल बराल र पार्टीका तर्फवाट लिम्बुले हस्ताक्षर गरेका छन् ।
उनका अनुसार अव पार्टीको सिफारिसमा उपचार गर्न जाने पार्टी सदस्यहरुले सहुलियत कार्डमार्फत औषधीवाहेक अन्य सेवामा १५ देखि अधिकतम् ५० प्रतिशतसम्म छुट पाउने छन् । यस कार्यक्रमले वडाका पार्टी सदस्यहरुलाई सुविधा पुग्ने उनले जनाए । संझौतापत्र हस्तान्तरण कार्यक्रममा नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई समितिका कार्यवाहक सभापति अतित वान्तवालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्