झापा ,जेठ १९ । संगीतकार जोडी साजिद—वाजिदका चर्चित संगीतकार वाजिद खानको गएराति कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गायक सोनु निगमले फेसबुक पोस्टमा त्यसको पुष्टि गरेका छन् । वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको पुष्टि गर्दै भनेका छन्, ’उहाँको आत्माको लागि प्रार्थना गरौँ ।’
मिडिया रिपोर्टमा वाजिद खान कोरोनाबाट संक्रमित रहेको जनाइएको छ । उनकोे परिवारका तर्फबाट भनिएको छ, ’वाजिद खान मिर्गौलाको विरामी थिए र दुई वर्षअघि प्रत्यारोपण गरिएको थियो । ’ उनको घाटीमा समस्या थियो । उनलाई चम्बूरकोे सुराना अस्पतालमा भर्ना गरिएको थियो । उनको कोभिड १९ को टेस्ट रिपोर्ट आइपुगेको छैन । वाजिद खानको सबैभन्दा पछिल्लो गीत भाइ—भाइ एक साताअघि रिलिज भएको थियो । त्योे सलमान खानसँग बनाइएको थियो । वाजिद खान आफ्ना भाइ साजिद खानसँग मिलेर संगीत निर्माण गर्थे । सबैभन्दा पहिला १९९८ मा सलमान खान अभिनित फिल्म ‘मैंने प्यार किया ’ बाट चर्चामा आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्