भद्रपुर, जेठ १९ । बिर्तामोड ३ स्थित पौराणिक महत्व बोकेको विराटपोखरीलाई पर्यटकीय आकर्षणका लागि भइरहेको स्तरोन्नतिको कामवारे प्रदेश सांसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरेका छन् ।

झापा क्षेत्र नम्बर ३ का प्रदेशसभा सांसद रहेका सरावगीले पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त २० लाख रूपैयाँमा भइरहेको पोखरी स्तरोन्नतिको स्थलगत अनुगमन गरेका हुन् ।
पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेरावाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिएका थिए । आचार्यका अनुसार पोखरीभित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ । पोखरी विकासका लागि अन्य धेरै काम बाँकी रहेकाले वजेट अभाव भएको गुनासो समेत अध्यक्ष आचार्यको छ ।सांसद सरावगीले गरूयोजनाअनुरूप पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न आगामी वर्ष थप वजेट प्रबन्धका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अनुगमनका क्रममा भेटिएका स्थानीयले पौराणिक महत्व बोकेको विराटपोखरी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण नहुँदा पर्यटकलाई आकर्षित गर्न नसकिएको गुनासो पोखेका थिए ।
अनुगमन टोलीमा नेपाली काँग्रेसका जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सभापति गणेश पोखरेल, नवीन विमलीलगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्