झापा, जेठ १९ । लगातार जारी लकडाउनका कारण करीव ७० दिनदेखि अलपत्र ६१ जना भारतीयलाई उद्धार गरी भारततर्फ पठाइएको छ ।

फर्किने तयारीमा बालबालिकासहित

उपचारका लागि आएर लकडाउनका कारण बिर्तामोड क्षेत्रमा फसेका भारतीयहरुलाई स्वदेश फर्काइएको हो । आज ४९ जनालाई तीनवटा गाडीमा हालेर पूर्वी नाका काँकरभिट्टा पुर्याएको छ भने हिजो १२ जनालाई लगेर त्यहाँ छोडिएको थियो । आँखा उपचार गर्न आएका उनीहरु बिर्तामोड क्षेत्रका विभिन्न होटल लजहरुमा बेखर्ची भएर बसेका थिए । उनीहरु आसाम, सिक्किम र पश्चिम बंगालबाट आएका थिए । त्यसमा पुरुषसँगै महिला र बालबालिका पनि रहेका थिए ।

बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाको पहलमा अलपत्रहरुलाई गन्तब्यतर्फ पठाउने काम भएको सामाजिक अभियन्ता रामेश्वर मण्डलले बताए । मण्डलले मेची आँखा अस्पताल अगाडि १७ दिनसम्म निःशुल्क खाना खुवाउने कार्यक्रम राखेका थिए । स्थानीय विपन्नसँगै बेखर्ची भएका भारतीयहरुले पनि त्यहाँ खाना खाएर भोक टारेका थिए । त्यस कार्यक्रम स्थगित भएयता अलपत्र भारतीयहरुलाई उनीहरु बसेको होटल—होटलमा खाना पुर्याउने काम पनि गरिएको मण्डलले जानकारी दिए । त्यस्तै कतिपय होटलले अलपत्र भारतीयहरुको खानेबस्ने भाडा पूर्णरुपमा छुट दिएका छन् ।

काँकरभिट्टामा पुगिसकेको अबस्थामा

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्