बिर्तामोड , जेठ २१ । १४ औ छुवाछुतमुक्त राष्ट्रघोषणा दिवस श्रद्धाञ्जली तथा खबरदारी सभा गरी आज बिर्तामोडमा मनाइएको छ ।

संयुक्त दलित सघर्ष समिति झापाको आयोजनामा भएको कार्यक्रममा जातको कारण दलित समुदायको अस्तित्व नै दिन प्रतिदिन संकटमा परिरहेको बेला नेपाली समाजको उच्च जातीय अहंकारवादबाट दलित समुदायले आफू र आफ्ना सन्ततिलाई जोगाउन समयमै उचित कदम चाल्नु पर्ने बेला आएको सहभागीहरुले बताएका छन् । उनीहरुले रुकुममा भएको नरसंहार घटनाको घोर भर्त्सना गर्दै सत्यतथ्य छानबिन गरी दोषिलाइ हदैसम्मको कार्बाही र पीडितलाई उचित क्षतिपुर्ति दिन सरकारलाई आग्रह गरेका छन् । कार्यक्रममा दलित नेतृत्व टिकाराम मग्राती,राजकुमार बराइली,सुरेश बराइली श्याम ल्वागुन,हस्तबहादुर परियार साथै प्रदेश सांसद झलकसिंह दर्लामी, नेकपाका मणिकुमार साङ्पाङ्ग , नेपाली कांग्रेसका जलकुमार गुरुङ ,राप्रपाका नेता केशव ओझालगायतले बोलेका थिए । जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको अध्यक्षता समितिका संयोजक हुकुमसिह नेपालीले गरेका थिए । कार्यक्रमको स्वागत गोपाल गजमेर र सहजीकरण सचिव छबिलाल बिश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्