बिर्तामोड, जेठ २२ । बिर्तामोड नगरपालिकाले संचालन गरेको मेयर पकेट कार्यक्रमअन्तरगत वडा नं ६ स्थित सन्देश महिला बंगुरपालन समूहबाट प्राप्त बंगुरका पाठा वडा नं २ स्थित सोमबारे अगुवा बंगुरपालन समुहलाई प्रदान गरिएको छ ।

०७५ सालमा नगरपालिकाले सन्देश महिला बंगुरपालन समूहका प्रत्येक सदस्यलाई २ वटाका दरले ३० वटा बंगुरका पाठा बितरण गरेको थियो । यसरी सो समूहबाट उपहारस्वरुप प्राप्त बंगुरका पाठा नगर उप प्रमुख पबित्रा महतारा प्रसाई, वडा नं २ का अध्यक्ष नगेन्द्र संग्रौलाले समूहका सदस्यलाई हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमअन्तरगत बंगुरका पाठासहित बिमा, खोर निर्माण र औषधोपचारसमेतको सुबिधा रहेको बिर्तामोड नगरपालिका पशुपक्षी तथा मत्स्य विकास शाखाका प्रमुख साबित्राकुमारी दाहालले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्