भद्रपुर, जेठ २२ । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा कोरोना संक्रमण तीव्र भएपछि सेना परिचालन गरिने भएको छ ।

बिहीवार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति झापाको बैठकले कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।
प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित भएको कचनकबल गाउँपालिकामा सेना परिचालन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने बैठकले निर्णय गरेको छ । बिहीवारसम्म कचनकबल गाउँपालिकामा १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्