झापा, जेठ २३ । झापामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरादह, गौरीगञ्ज र कचनकवलका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । गौरीगञ्ज गाउँपालिकाका एकजनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित प्रयोगशालामा स्वाव परीक्षण गर्दा आज उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।गौरीगंज गाउँपालिका — २ कोरोवारी घर भएका ३५ बर्षिय एक पुरूषमा कोरोना पुष्टि भएको जनाइएको छ । भारतको दिल्लीबाट गौरीगञ्ज आईपुगेका उनको जेठ १९ गते स्वावको नमुना संकलन गरी परीक्षणका लागि पठाईएको थियो ।
कोरोना संक्रमित उनलाई गौरीगंज गाउँपालिकाले स्थापना गरेको वडा नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको छ । उनलाई थप उपचारका लागि कोरोना अस्पताल गोठगाउँ पठाउन लागिएको गौरीगञ्ज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।
त्यसैगरी गौरादह नगरपालिका — ७ का २० वर्षिय एक युवकमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनी भारतको सिक्किमबाट घर आएका बेला उनलाई गौरादहको क्वारेन्टाइनमा राखिएको थियो । त्यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनकवलका थप १० जनामा कोरोना संक्रमण भेटिएको हो । लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेका १० जनाको रिपोर्ट पोजिटिभ आएको कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताए । उनले दोस्रो चरणमा लक्ष्मी मावि बनियानी र बुद्ध आधारभूत विद्यालय पथरीयामा रहेका २८० जनाको स्वाब परीक्षणका लागि पठाइएको र त्यसमध्ये १० जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्