झापा ,जेठ २३ । आज दिउँसो झापाको दमकमा करेन्ट लागेर एक जेसिबी सहचालकको मृत्यु भएको छ ।

दमक नगरपालिका २ स्थित हुम्से दुम्से सामुदायिक वनभित्र रिसोर्टको काम गर्ने क्रममा बा १ क ८०९६ नं. को जेसिबिका सहचालक सल्यान कालीमाटी ४ बस्ने २६ वर्षिय चित्रबहादुर ओलीलाई करेन्ट लागेको थियो । जेसिबिले बिजुलीको तार छोई करेन्ट लागेर घाईते भएका ओलीलाई उपचारको लागि आम्दा अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको र शबलाई आम्दा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्