गौरादह जेठ २४ । आजबाट खुल्ने भनेको झापाको गौरादह बजार प्रशासनको दबाबमा तत्काल नखुल्ने भएको छ ।

प्रशासनको दबाबसँगै गौरादह नगरपालिकाभित्रको व्यापार व्यवसाय खोल्ने निर्णयबाट गौरादह उद्योग बाणिज्य संघ पछि हटेको छ । जिल्ला प्रशासन कार्यालय झापाले उद्योग बाणिज्य संघलाई अर्को सूचना नभएसम्म कायम लकडाउन पालना गर्न निर्देशन दिएको छ ।
बाणिज्य संघका अध्यक्ष जेबी कार्कीले जिल्ला प्रशासन कार्यालयबाट बजार नखोल्न निर्देशन आएको जानकारी दिए ।शुक्रबार उबासंघ गौरादहले नगरपालिकाभित्रका बजार आजबाट बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खोल्ने निर्णय गरेको थियो । सो निर्णयलगत्तै प्रशासनले बजार नखोल्न निर्देशनात्मक आदेश दिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्