दमक, जेठ २४ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले ९ जिल्लाको प्रशासन कार्यालयमार्फत रुकुम चौरजहारीमा भएको घटनामा संलग्न दोषीलाई कारवाहीको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा एमसीसीको बारेमा जनताले बुझ्ने गरी स्पष्ट श्वेतपत्र जारी गर्नका लागि समेत माग गरिएको छ ।शुक्रबार दिउँसो जिल्ला प्रशासन ताप्लेजुङ्, पाँचथर, इलाम, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा त्यसैगरी धरान इलाका प्रहरी कार्यालय, उर्लाबारी इ.प्र.का., दमक इ.प्र.का. लगायतका कार्यालयबाट ज्ञापनपत्र पठाइएको लिम्बुवानले जनाएको छ । यी जायज मागहरु तत्काल पुरा गरियोस् साथै वार्ता बहसको लागि मञ्च सधै सकारात्मक रहेको संघीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’ र सम्बन्धित जिल्ला अध्यक्ष लगायत केन्द्रीय नेताहरुद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्