झापा, जेठ २४ ।भारत र चीनबीच सीमामा जारी सैन्य तनाव अन्त्यका लागि आज दुवै देशबीच लेफ्टिनेन्ट जनरलस्तरमा वार्ता हुँदैछ ।

दुवै देशबीच यो ताजा सीमा विवाद पछिल्लो एक महिनादेखि जारी छ । विवाद मुख्यगरी लद्दाखको कनक्लेव झील र पूर्वी लद्दाखको गलवान उपत्यकाको संवेदनशील क्षेत्रलाई लिएर चलिरहेको हो ।
दुवैदेशबीच लेफ्टिनेन्ट जनरलस्तरको यो वार्ता भारतको पहलमा भइरहेको जनाइएको छ । भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखा नजिक चुशूल—मोल्दोस्थित भारतीय बोर्डर पोइन्ट मिटिङ हटमा सो वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्