बिर्तामोड , जेठ २५ । बिर्तामोड नगरपालिकाको वडा नं ३ मा बिर्ताबजार टोल विकास संस्था गठन भएको छ ।

झापाको पुरानो क्षेत्र बिर्ताबजारलाई समेट्ने गरी पदम प्रसाईको अध्यक्षतामा बिर्ताबजार टोल विकास संस्था गठन भएको हो । ११ सदस्यीय संस्थाको उपाध्यक्षमा राधेश्याम माझी, सचिव सुदर्शन देव , कोषाध्यक्षमा हिमा पौडेल तथा सदस्यहरुमा उतम तिम्सिना, नन्दु चौधरी, दुलारे मिया ,अमर माझी, कविता माझी, संगीता दर्नाल र दिपिका बस्नेत रहेका छन् ।

स्थानीय समाजसेवी हरि चौधरीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला रहेका थिए । वडा सचिव भीम अधिकारीले संचालन गरेको कार्यक्रममा वडा सदस्य अजयकुमार शाह, स्थानीय समाजसेवीहरु प्रेम उप्रेती, बासु माझी, मदन बुढाथोकी, अफरोज खानलगायतको उपस्थिति रहेको थियो । योसँगै बिर्तामोड ३ मा २७ वटा टोल विकास संस्था गठन भएका छन् । अब दुई ठाउँमा टोल विकास संस्था गठन गर्न बाँकी रहेको वडा सचिव अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्