काँकरभिट्टा, जेठ २५। भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका लागि आज पूर्वी नाकामा नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति’को बिहीबार सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो । यसअघि जिल्लाकै कोरोना ‘हटस्पट’ कचनकवलको क्वारेन्टाइनको व्यवस्थापकीय जिम्मा सेनालाई दिइएको थियो । क्याम्पमा भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गरिने छ । त्यसपछि सम्बन्धित पालिकाहरुमा पठाइने छ । जिल्ला बाहिरकालाई सम्बन्धित जिल्ला पठाइने चारआलीस्थित नयाँ श्रीनाथ गण चारआलीका गणपति कर्नेल अमरजंग थापाले जनाए ।उनका अनुसार जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित नेपाली सेनाको २५ जनाको टोलीले पहिलो चरणमा काम गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्