झापा, जेठ २५ । नेपालसँग सीमा जोडिएको भारत पश्चिम बंगालको सिलिगुडीमा चार चिकित्सक र एक कैदी गरी थप ६जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नर्थ बंगाल मेडिकल कलेज र हस्पिटलका चारजना चिकित्सकमा कोरोना देखिएको हो । संक्रमितमध्ये एकजना मेडिसिन डिपार्टका प्रोफेसर समेत रहेका वरिष्ठ चिकित्सक हुन् भने अरु तीनजना इन्टर्न गर्दै गरेका चिकित्सक रहेका छन् । त्यस्तै जलपाइगुडी जेलका एक कैदीलाई पनि कोरोना देखिएको छ । सिलिगुडीमा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ ।उता सिक्किममा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ १४ दिनमा ७ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्