झापा, जेठ २५ ।झापाको अर्जुनधारा नगरपालिका पनि दुई व्यक्तिमा आज कोरोना पुष्टि भएको छ ।

नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । त्यहाँ कोरोना संक्रमण पाईएको पहिलो हो ।
पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो ।क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको थियो ।कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टा हुँदै उनीहरु आएका थिए । दिल्लीबाट बाघडोग्रा एयरपोर्ट हुँदै पानीटंकीबाट मेची पुलसम्म आएका उनीहरुलाई अर्जुनधाराको एम्बुलेन्सले क्वारेन्टाइनमा ल्याएको थियो । संक्रमित युवाहरुको उमेर २३ र २७ वर्ष रहेको छ । स्थायी घर अर्जुनधारा ९ रहेका उनीहरुको रिपोर्ट पोजेटिभ आए पनि सँगै आएकी २१ वर्षीया एक महिलाको रिपोर्ट भने नेगेटिभ आएको अर्जुनधारा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्