झापा, जेठ २६ । झापाको मेचीनगरमा पहिलो पटक कोरोना संक्रमण देखा परेको छ ।

भारतबाट आएर मेचीनगर वडा– ४ को पशुपति माविको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए ।
पशुपति माविको क्वारेन्टाइनमा रहेका १३ जनाको जेठ २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि कोशी प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्