झापा, जेठ २६ ।नेपालसँग सीमा जोडिएको भारतको दार्जिलिङ जिल्लामा कोरोना भाइरसका थप ८ जना संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये दुईजना दार्जिलिङ शहरका, दुईजना सुकियाका र एकजना विजनबारीका रहेका छन् ।दार्जिलिङ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये तीनजना नक्सलबारीका रहेका छन् । त्यस्तै कालिम्पोङ जिल्लामा कोरोना भाइरसका ७ जना नयाँ संक्रमित पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्