धुलाबारी ,जेठ २७ । नेपाली कांग्रेसका नेता भिष्मराज आङ्दम्बेले गृह जिल्ला पाँचथरका ६६ जनाको कोरोना वीमा गरिदिएका छन् ।

नेता आङ्दम्बेकी बहिनी भुमादेवी आङ्दम्बेका अनुसार नेपाल पत्रकार महासंघ पाँचथरको समन्वयमा पहिलो चरणमा गृह जिल्ला पाँचथरका ६६ जना पत्रकारको कोरोना बीमा गरिदिएका हुन् ।कोरोना महामारीको बेला अग्रभागमा रहेर काम गर्ने पत्रकारहरु असुरक्षित देखिएपछि उनले वीमा गरिदिएका हुन् । कांग्रेस केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत रहेका आङ्दम्बेले आफ्नो सानो प्रयासले पत्रकारको मनोबल बढ्ने बिश्वास गर्दै स्वास्थ्य,सुरक्षा र सजगता अपनाइ काम गर्न अपिल गरेका छन् । दोस्रो चरणमा जिल्लाका बाँकी पत्रकारको कोरोना वीमा गरिदिने नेता आङ्दम्बेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्