गौरादह , जेठ२७ । मेची अभियानले कोरोना संक्रमण देखिएका झापाका दुई नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

अभियानका संयोजक विजय डालमियाका अनुसार मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई ती सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामानमा ५०— ५० थान भिटिएम ( भाइरल ट्रान्सपोर्ट मिडिया), ५ — ५ थान व्यक्तिगत सुरक्षा कवच ( पीपीए), एक— एक कार्टुन सेनिटाइजर एक — एक सय मास्क छ्न् । ती सामग्री नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हस्तान्तरण गरेका हुन् । अभियानका सदस्य इन्द्रबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार दुई दिनअघि पहिलो चरण अन्तरगत बुद्धशान्ति गाउँपालिकालाई एक सय थान भिटिएम,पाँच थान पीपीए, एकसय पिस एन९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको थियो । भद्रपुर नगरपालिका , कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिका प्रत्येकलाई ५०— ५० थान ,पाँच र पाँच थान पीपीए, एकसय पिस ए९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्