सुरुङ्गा, जेठ २८ । इलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यरत २२ जना प्रहरीको स्थानीय दुई युवाले निशुल्क कोरोना वीमा गरिदिएका छन् ।

कनकाई नगरपालिका ४ का झलकरमण भट्टराई र ३ का सुरज रिजालले प्रहरीको वीमा गरिदिएका हुन् । उक्त वीमाको पोलिसी एक कार्यक्रमकाबीच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बुलाई हस्तान्तरण गरे । कोरोना वीमाबाट प्रहरीलाई आफ्नो कर्मक्षेत्रमा खटिनका लागि उच्च मनोवल प्राप्त भएको प्रहरी नायव निरिक्षक लिम्बुले बताए । यसअघि युवाद्वयले कनकाई नगरपालिका र झापा गाउँपालिकाका १७ जना पत्रकारलाई एन ९५ मास्क र सेनिटाइजर प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्