बिर्तामोड, जेठ २८ । झापाको कन्काई नगरपालिकामा पहिलोपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्काई नगरपालिकासँगै झापामा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्काई नगरपालिकाको कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बसेका तीन जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले बताए । उनीहरु भारतबाट आएका थिए । संक्रमितहरु कनकाई नगरपालिका वडा नम्बर ३ का ३५ वर्षिय, ४ का १६ वर्षिय र ५ का १७ वर्षिय पुरुष रहेको जनाइएको छ ।
त्यस्तै झापामा पहिलोपटक महिलामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर गौरादह १ को जनता मावि क्वारेन्टाइनमा बसेकी वडा नं ९ की २२ वर्षिया महिलामा कोरोना पुष्टि भएको हो । दुईवटा क्वारेन्टाइनका ४० जनाको स्वाब संकलन गरी हिजो परीक्षणका लागि पठाउँदा एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए ।योसँगै गौरादहमा संक्रमितको संख्या ४ पुगेको छ । त्यस्तै मेचीनगरमा आज थप एकजनाका कोरोना संक्रमण फेला परेको छ । मेचीनगरमा यसअघि एक जनामा संक्रमण फेला परेको थियो । थप अर्काे जनामा पनि संक्रमण भेटिएको हो ।मेचीनगर–३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको वडाध्यक्ष हर्क बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्