झापा , जेठ २९ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्ने निर्णय गरेको छ ।

फाइल तस्वीर

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा रोक्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
बुधबारको मन्त्रिपरिषद् बैठकले हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा रोक्ने निर्णय रेको हो।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक स् लकडाउन सहजीकरण गर्ने विषयमा छलफल
मन्त्रिपरिषद् बैठकमा एसईईको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव
बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने मन्त्रिपरिषद्को निर्णय
बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णयसमेत गरेको छ। सँगै पसल खोल्न दिने निर्णयसमेत भएको एक मन्त्रीले जानकारी दिए। सरकारले हिजो राति ढिला सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय आज पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्