हल्दीबारी , जेठ २९ । नेपाली कांग्रेस हल्दीबारी गाउँ समितिलाई एक सय थान मास्क हस्तान्तरण गरिएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष एवं बाह्रदशीका कांग्रेस नेता नवीन पोख्रेलले मास्क हस्तान्तरण गरेका हुन् । नेका हल्दिबारी सभापति दिलिप मावोलाई एन९५ माक्स हस्तान्तरण गरिएको गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए । सभापति मावोले सो माक्स जलथल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको जनाइएको छ । कार्यक्रममा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ “ख“ प्रदेशका सभापति नवीन विमलीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्