दमक, जेठ ३० । करेन्ट लागेर झापाको दमकमा एक किशोरको ज्यान गएको छ ।

हिजो दिउँसो ४ बजे दमक ८ मा मे.१च.५२९६ न.को पिकअप गाडीबाट सामान अनलोड गर्दा सोही गाडीमा काम गर्ने अर्जुनधारा ८ बस्ने अशोक राईका १४ वर्षिय छोरा आयुस राईले बिजुली पोलको तारमा छुन गई करेन्ट लागेर घाईते भएका थिए । उनलाई उपचारको लागि लाईफलाईन हस्पिटल दमक लादै गर्दा बाटोमा नै मृत्यु भएको हो । घटनापछि पिकअप गाडी र चालक बिर्तामोड ४ बस्ने सुनिल बेस्रालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्