झापा, जेठ ३० । चैत ७ गतेयता अधिकांस सेवा प्रवाह बन्द रहेको झापा जिल्ला अदालतले सेवा सुचारू गरेको छ ।

कोरोना भाइरस प्रकोपको अवस्थालाई मध्यनजर गरी आंशिकरूपमा सेवा प्रवाह गरिरहेको झापा जिल्ला अदालतले रोकिएका सबै सेवा सुचारू गरेको हो ।
जेठ २८ गतेको जिल्ला अदालतको निर्णयअनुसार थप काम कारवाही एवं सेवाहरू दिन थालिएको हो । अदालतले भीडभाड कम हुने मुद्धाका काम गर्ने, मेलमिलापमा जोड दिने, बालबालिकासम्बन्धीका मुद्धा सुनुवाई गर्ने, किनारा लगाउने लगायतका सेवा प्रवाहका काम थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्