बिर्तामोड , जेठ ३१ । नेपाल ट्रेड युनियन कांग्रेस झापाले बिर्तामोड क्षेत्रमा रहेका ५४ परिवारलाई शुक्रबार राहत वितरण गरेको छ ।

नेपाल रिक्सा तथा ठेला श्रमिक संघ र नेपाल अटो तथा ई—रिक्सा चालक संघसँग आबद्ध बिपन्न श्रमिक परिवारलाई राहत वितरण गरिएको नेपाल ट्रेड युनियन कांग्रेस झापा सभापति यज्ञप्रताप अधिकारीले बताए । निर्माण व्यवसायी शेरबहादुर थापा, नेपाल चिया विकास निगम , ट्रेड युनियन झापा सचिव राजकुमारी शेर्पा राई र सहसचिव जिवनकुमार खड्काले उपलब्ध गराएको राहत संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कांग्रेस झापा सभापति उद्घब थापा लगायतले वितरण गरेका हुन् । प्रतिपरिवार १० किलो चामल, एक — एक किलो नुन, दाल एक — एक पोका तेल र मास्क वितरण गरिएको अधिकारीले जनाए ।

त्यसैगरी झापा गाउँपालिकालाई “एकका लागि एक“अभियानले एक हजार केजी चामल उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष जयनारायण साहलाई सो चामल हस्तान्तरण गरिएको हो । राहतस्वरुप उक्त चामल अभियानका सहसंयोजक विनोद बस्नेत, कांग्रेस नेता देउमान थेवे लगायतले हस्तान्तरण गरेको झापा —४ का कांग्रेस सचिव शिव कँडेलले बताए । अभियानका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्