झापा ,जेठ ३१ । झापाका १६९ मध्ये ९५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

कचनकवल गाउँपालिकामा मात्रै ११८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ८४ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार कचनकवलका ८४, बुद्धशान्ति गाउँपालिकाका पाँच, गौरीगञ्ज गाउँपालिकाका तीन, बाह्रदशी गाउँपालिका, दमक र भद्रपुर नगरपालिकाका एक — एक जना कोरोनालाई जितेर घर फेर्किएका हुन् । कोरोना जितेर घर फर्किएका भद्रपुर नगरपालिका— ५ शङ्कर टोलका महमद अम्जाद अलीले आफू पूर्ण स्वास्थ भएको बताए । उनलाई भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठले स्वागत गरे ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि घर फर्किएका ३४ वर्षीय उनलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो । उनी जेठ ७ गते भारतको मुजफ्फरपुरबाट आएका थिए । निको भएर फर्किएका पाँचै जना बुद्धशान्तिका होइनन् । ताप्लेजुङका तीन, पाँचथरका एक र बिर्तामोड नगरपालिका —२ का पाँच जना बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका थिए । उनीहरू सबै निको भएर फर्किएको बुद्धशान्तिका अध्यक्ष रमेश भूजेलले बताए । गौरीगञ्जका १४ जना संक्रमित मध्ये तीन, भद्रपुरका चारमध्ये एक जना, बाह्रदशीका चारमध्ये एक जना र दमकका संक्रमित एक जना निको भएर घर फर्किएका हुन् । मेचीनगरमा दुई , कनकाइका तीन , गौरादहका चार , हल्दीबारीका दुई , कमल गाउँपालिकाका एक , बाह्रदशीका तीन र झापा गाउँपालिकाका एक जनाको सुनसरीको धरान, मोरङको विराटनगर र गोठगाउँको कोभिड अस्पतालमा उपचार भइरहेको छ । हिजो मात्रै झापा १३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरू कचनकवल र बाह्रदशी गाउँपालिकाका हुन् । कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेका ११ जना र बाह्रदशीको पशुपति मावि क्वारेन्टाइनमा बसेका दुईजनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरु वडा नम्बर ३ र ५ का हुन् । उनीहरु भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्