भद्रपुर, जेठ ३१ । भद्रपुर नगरपालिकाको मेची नदी किनारमा शवदाहस्थल निर्माण हुने भएको छ ।

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तरगत प्रदेश सांसद बसन्त बानियाँद्वारा विनियोजित १० लाख रुपैयाँको लागतमा शवदाहस्थल निर्माण हुने भएको हो । त्यसको आज प्रदेश सांसद बानियाँले शिलान्यास गरे ।कार्यक्रममा अर्का प्रदेश सांसद ओम सरावगी, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । साथै सांसद बानियाँले कचनकवलको पथरियामा रु २५ लाखमा निर्माणाधीन कृषि भवन , घेराबारीस्थित भुतेश्वर शिवालयमा निर्मित धर्मशाला भवन, भद्रपुर ६ स्थित सर्वेश्वर सत्संग भवनको अनुगमन गरेका छन् । अनुगमनका क्रममा समयभित्र गुणस्तरीय काम गर्न आवश्यक सुझाव दिइएको उनले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्