शिवसताक्षी , जेठ ३१ ।झापाको शिवसताक्षीमा एक जनामा कोरोना संक्रमण फेला परेको छ ।

शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा रहँदैं आएकी एक महिलाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । ती महिला भारतको दिल्लीबाट आएको बताइएको छ ।
शिवसताक्षी नगर क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले ती महिलामा कोरोना देखा परेको बताएका हुन् ।
हाल उक्त क्वारेन्टाइनमा २१ जना भारतका विभिन्न स्थानबाट आएका हुन् । योसंगै जिल्लाका १४ स्थानीय तहहरुमा कोरोना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्