शिवसताक्षी, जेठ ३१ । झापा शिवसताक्षीका एक मनकारीले स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

झापाले नहेरेको इलामले नदेखेको भनेर चिनिने माई नगरपालिकाको विकट ठाउँमा पुगेर शिवसताक्षी पोलिक्लिनिक तथा जोरपोखरी क्लिनिकका सञ्चालक ज्ञानेन्द्र तुम्बापो लगायतको टोलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । स्थानीय जोरपोखरी प्राविमा उनीहरुले सेनिटाइजर, माक्स, सिटामोल, झाडापखाला लाग्दा खाने औषधी, गर्भवती महिलाहरुका लागि आइरन चक्की, प्रोटिन लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
त्यस्तै प्रेसर चेकजाँच, चोटपटक लागेकाहरुका लागि प्राथमिक उपचार साथै घाउमा लगाउने मल्हमका साथै एलर्जी हुँदा खाने औषधी, रुघाखोकीको औषधी समेत वितरण गरिएको स्थानीय इच्छिहाङ मेरुम्बा (राकेश) ले जानकारी दिए ।
माइ नपाको वडा नं. ८ मा रहेको उक्त स्थानमा ३६ घरपरिवारका १ सय २५ भन्दा बढी बस्दै आएका छन् । शिवसताक्षीको दुधेबाट उत्तर पानीट्याङकी हँुदैं ५ किलोमीटर भन्दाबढी उकालो दुरीमा सो बस्ती रहेको छ ।
वितरण कार्यक्रममा गुमानसिंह राजवंशीलगायतका प्राविधिकहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्