झापा, जेठ ३१ । झापामा पनि आज सरकारविरुद्ध प्रदर्शन भएको छ ।

सरकारले कोरोना भाइरस महामारीका बेला प्रभावकारी काम गर्न नसकेको भन्दै झापाको दमक र बिर्तामोडमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । स्वतस्फूर्त निस्केका युवाहरुले विभिन्न प्लेकार्ड लिएर बिर्तामोडको मुक्तिचोक र दमक चोकमा दुई घण्टाबढी प्रर्दशन गरेका थिए । उनीहरुले भौतिक दुरी कायम गरी सडकको मुख्य भागको दायाँबायाँ उभिएर विरोध प्रर्दशन गरेका हुन् । प्लेकार्डमा नेपालको नयाँ नक्सा जारी भएको सरकारलाई धन्यवादसहित पीसीआर परीक्षणको दायरा बढाउन माग गरेका थिए । त्यस्तै, कोरोना रोकथामको बहानामा भ्रष्टाचार भएको, विपन्नलाई रोगले भन्दा भोकले सताएको, आत्महत्याको घटना बढाएको भन्दै सरकारको विरोध गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्