बिर्तामोड , जेठ ३२ । कनकाई नगरपालिका –३बाट कौडा खेलिरहेका पक्राउ परेका छन् । स्थानीय चेतनकुमार भट्टराईको घरमा कौडा खेलिरहेका ७ जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको हो ।

कनकाई नगरपालिका – ३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय लीलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाईँ, कनकाई –४ का ३८ वर्षीय मानवहादुर श्रेष्ठ र सोही वडाका ३५ वर्षीय हरिवहादुर श्रेष्ठलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनीहरुको साथबाट १६ थान कौडा, नगद ७१ हजार दश रुपैयाँ, पाउडर र गलौंचा, बरामद गरेको रिजालले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्