दमक, जेठ ३२ । रोजगारीका क्रममा संयुक्त राज्य अमेरिकामा बस्दै आएका प्रवासी झापालीहरुले जिल्लाको ग्रामीण क्षेत्रमा दुईवटा एम्बुलेन्स प्रदान गरेका छन् ।

प्रवासी झापालीहरुको संस्था झापाली समाज यूएसएले जिल्लाको गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा २ वटा एम्बुलेन्स खरिद गर्नका लागि १० लाख पचास हजार रुपैयाँ उपलब्ध गराएका हुन् । ती एम्बुलेन्स कचनकवल गाउँपालिका र झापा गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी उपशाखामार्फत सञ्चालन हुने छन् ।
एम्बुलेन्स खरिदका लागि कचनकवल गाउँपालिकाले ५० प्रतिशत र झापा गाउँपालिकाको रेडक्रस उपशाखा शरणामतीले भने ५ लाख पच्चिस हजार रकम जुटाएका थिए । एम्बुलेन्सवाट जिल्लावासीले सेवा लिन थालिसकेको जनाईएको छ । जिल्लाको दक्षिणी भेगमा यी एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दालाई आकस्मिक उपचार गर्न लैजान सहयोग पुगेको रेडक्रस शरणामती उपशाखाका सभापति केशव बजगाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्