झापा, जेठ ३२ । भारतीय केन्द्रीय मन्त्री नितिन गुडकरीले छिमेकी राष्ट्र नेपाललाई भारतले कान्छो भाइको रुपमा मान्ने गरेको बताएका छन् ।

बीबीसी हिन्दीसँगको कुराकानीमा मन्त्री गुडकरीले वास्तविक रुपमा दुवै देश समान हुन् तर पारिवारिक सम्बन्धका आधारमा कान्छो भाइको रुपमा मानेको बताए । उनले भारतले कहिल्यै विस्तारवादी नीति नलिएको दावी गरे ।जनसंख्या र क्षेत्रफलको आधारमा नेपाल , बंगलादेश जस्ता छिमेकी देशहरु सानो भएपनि उनीहरुको स्वाधिनताको सधै सम्मान गर्ने गरेको उनको भनाइ छ । उनले भारत र नेपालबीच कहिलेकाही आउने सानातिना मनमुटावलाई ठूलो नबनाइ त्यसलाई वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्