झापा, असार २ । नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल प्रदेश नं ५ का थोरै भू–भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का धेरै भू–भागहरुमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्