झापा, असार २ । झापाको भद्रपुरस्थित मेची अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले बजेट छुट्याएकोमा जिल्लावासीहरुले खुशी ब्यक्त गरेका छन् ।

प्रदेश —१ सरकारले मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन २३ करोड बजेट छुट्याएको हो । त्यस बजेटबाट अस्पतालमा उपकरण, जनशक्ति र पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेश सांसद बसन्त बानियाँले सरकारको उक्त कदमको स्वागत गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् — धन्यवाद सामाजिक विकास मन्त्रालय अनि प्रदेश सरकारलाई । धन्यवाद झापाली प्रदेश माननीयज्युहरु सबैप्रति । निरन्तरको प्रयत्न सफल भएको छ ।प्रादेशिक अस्पताल घोषित भएसँगै भद्रपुरस्थित प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार्न सिटि स्क्यान, हेमोडायलसिस सेवा र थप भेन्टिलेटरको ब्यवस्थापनका लागि रु २३ करोड बिनियोजन गरिदिएकोमा ।

त्यस्तै जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले पनि खुशी ब्यक्त गरेका छन् । उनले मेची अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नतिसहित आवश्यक उपकरण व्यवस्थापन गर्न २३ करोड बजेट बिनियोजन गरिदिकोमा मुख्यमन्त्री, आर्थिक मामिला र सामाजिक बिकास मन्त्री तथा राज्यमन्त्रीप्रति आभार प्रकट गरेका छन् । साथै बिशेष पहलका लागि आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, प्रदेशसभा सदस्यहरु बसन्त बानियाँ, गोपाल बुढाथोकी, एकराज कार्की, पूर्णसिंह राजवंशी, झलकसिंह दर्लामी ,. ओम सरावगीसहितलाई धन्यवाद दिएका छन् । उनले एउटा सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्दै नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन लागिरहने प्रण समेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्