झापा , २ असार । झापाको मेची अञ्चल अस्पतालको आईसियू कक्ष सिल गरिएको छ ।

शनिबार अस्पताल भर्ना भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि आईसियू कक्ष सिल गरिएको हो । आईसियू कक्ष सिल गरिएसँगै अस्पतालमा कार्यरत २५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्ने तयारी भइरहेको छ ।अस्पतालमा कार्यरत दुई जना फिजिसियन, तीन जना मेडिकल अधिकृत, आइसियूमा कार्यरत आठ जना नर्स, ईमरजेन्सी, ल्याब, एक्सरेमा कार्यरत लगायत गरी २५ जना क्वारेन्टाइनमा बस्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । अस्पतालले तयार गरेको क्वारेन्टाइन र स्वास्थ्यकर्मीको सरकारी निवासलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिने डा . ठाकुरले जानकारी दिए । कोरोना सक्रमण पुष्टि भएका भद्रपुर नगरपालिका — ८ का ती व्यक्ति जेठ २९ गते भारतबाट फर्किएका थिए । उनी मेची बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । उनको छातीमा समस्या देखिपछि शनिबार मेची अञ्चल अस्पताल भर्ना भएका थिए । ती व्यक्तिलाई ईमरजेन्सीबाट आईसियूमा राखिएको थियो । सोमबार संक्रमणको पुष्टि भएका उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्