झापा, असार २ । झापाको दुई स्थानमा छिट्टै आइसोलेसन वार्ड सञ्चालनमा आउने भएको छ । प्रदेश— १ सरकारले २५ लाख रकम उपलब्ध गराएसँगै आइसोलेसन वार्ड बन्ने भएको हो । झापाको मेची अस्पताल र मेचीनगर नगरपालिका — ११ को स्वास्थ्य चौकीमा पिसिआर टेष्टका लागि ल्याब र आइसोलेसन वार्ड सञ्चालन हुने भएको हो । सोमबारदेखि प्रदेश सरकारले उक्त आइसोलेसन वार्ड निमार्ण सुरु गरेको छ ।प्रदेश सांसद बसन्त बानियाँका अनुसार असार ६ गतेबाट मेची अस्पतालमा १ सय वेडको र स्वास्थ्य चौकीमा ३ं० वेडको पिसिआर टेष्टका लागि आइसोलेसन वार्ड सञ्चालनमा आउने छ ।सांसद बानियाँका अनुसार थप आवश्यकताका आधारमा वेड थप गरिने छ । झापा कोरोना संक्रमणको उच्च जोखिम क्षेत्र हो । झापामा हालसम्म १७७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । झापामा पिसिआर टेष्टका लागि आइसोलेसन वार्ड नहुँदा समस्या भएको छ । त्यसलाई मध्यनजर गरेर प्रदेश सरकारलाई आग्रह गरिएको र प्रदेश सरकारले काम सुरु गरेको सांसद बानियाँले बताए । अब पिसिआर टेष्टका लागि समस्या कम हुनेछ । ल्याब सञ्चालनका लागि पहिलो चरणमा मेची अस्पताललाई १५ लाख र मेचीनगर ११ को स्वास्थ्य चौकीलाई १० लाख तत्काल प्रदेश सरकारले पठाउने सांसद बानियाँले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्