दमक, असार २ । भोलि बुधबारदेखि दमकका पसल तथा व्यवसायहरु साँझ ५ वजेपछि बन्द हुने भएका छन् ।

दमक उद्योग बाणिज्य संघले सरकारले तोकेका पसल तथा ब्यवसायहरु साँझ ५ बजेसम्म खुला रहने र त्यसपछि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।असार ३ गतेदेखि प्रत्येक दिन बेलुकी ५ बजेसम्म नेपाल सरकारले तोकेका पसल ब्यवसाय खुला रहने र बेलुकी ५ बजेपछि पूर्ण रुपमा बन्द गर्न दमकका सम्पूर्ण ब्यापारी ब्यवसायीलाई पनि आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
संघले आज सार्वजनिक रुपमा माईकिङ गरी कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यान राख्दै स्वास्थ्य सुरक्षाको अधिकतम् उपायहरु अपनाएर पसल तथा ब्यवसाय सुचारु गर्न समेत आग्रह गरेको छ । उपभोक्ता तथा व्यवसायीले भौतिक दुरी अपनाई, हातधुने ब्यवस्था, सेनिटाइजर, मास्कको प्रयोग गरेर मात्र आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्नु पर्ने जनाईएको छ । तर सरकारले निषेध गरेका व्यापारिक पसलहरु भने खोल्न पाईने छैन ।
बाणिज्य संघले स्वास्थ्य सावधानी तथा सुरक्षा विधि अपनाए ,नअपनाएको सम्बन्धमा अनुगमन गर्न पनि नगरपालिकालाई आग्रह गरेको छ । अनुगमनका क्रममा सुरक्षा उपाय नअपनाउने पसल तथा ब्यवसायीलाई कार्वाही भएमा त्यसमा संघको समर्थन रहने समेत उल्लेख छ । लकडाउनको माडालिटी परिवर्तन भएसंगै दमकका अधिकांस व्यापार,व्यवसाय खुला छन् । तर मोडालिटी परिर्वतन भए पनि पसल तथा ब्यवसाय सुचारु कति समयसम्म गर्ने भन्ने ब्यापारीहरुलाई अन्योल रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्