बिर्तामोड, असार ३ । राहतका लागि सामाजिक अभियानअन्तर्गत बिर्तामोड ३ निवासी खेमराज श्रेष्ठको घरमै पुगेर खाद्यान्न प्रदान गरिएको छ ।

१२० केजी चामल, २ लिटर खानेतेल ,२ केजी दाल र २ केजी नुन अभियन्ता तथा गायक गणेश ढुंगाना र संयोजक जगतबहादुर मगरले हस्तान्तरण गरेका हुन् ।काठमाडौ— काँकरभिटा रुट चल्ने रात्रिबसका चालक खेमराज २०७५ सालको असोज महिनामा बा ५ ख ४६८८ नम्बरको मातृभाग्य रेखा बस अनियन्त्रित भई मुग्लिङ सडकमा दुर्घटना हुन पुगेका थिए । बसमा सवार ३५ जना यात्रुको ज्यान जोगाउँदा आफ्नो ढाडको हड्डी भाचिएपछि दुई बर्षदेखि उपचार गर्दागर्दै बेखर्ची भएर उनी ओछ्यानमै छन् ।
घरमा रहेका बृद्ध बुबाआमाको पथरिया र आँखाको उपचार गर्नुपर्ने, एउटा छोरालाई स्कुल पढाउनु पर्ने र एकजना दाजु लकडाउनको कारण काम गर्न नपाएपछि परिवार नै भोकभोकै रहेको स्थानीय मैया उप्रेतीले बताइन् । वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा वडा सदस्य पूर्णप्रसाद राजवंशी,स्थानीय मेदनीप्रसाद सग्रौला,सुरेन्द्रप्रसाद यादव, सहयोगी दाता विरेन्द्र उदास लगायतले त्यस सह्रानीय कार्यप्रति धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरण संचारकर्मी रन्जित परियारले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्