धरमपुर असार ३ । धेरै पटक रक्तदान गर्ने शिवसताक्षीका दुई जना सम्मानित भएका छन् ।

उनीहरूलाई १६६ औं रक्तदाता दिवसको अवसर पारेर सम्मान गरिएको हो । हालसम्म ६३ पटक रक्तदान गर्ने छविलाल दवाडी र १३ पटक रक्तदान गर्ने जयकुमारी चेम्जोङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, विशिष्ट अतिथि शिवसताक्षी उपप्रमुख भोजकुमारी नेपाल, नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति पर्शुराम ढुंङाना उद्योग बाणिज्य संघ शिवसताक्षी अध्यक्ष भोला मैनाली लगायतले सम्मान गरेका थिए । सोही अवसरमा धरमपुर बचत तथा ऋण सहकारी संस्था र सतासीधाम जेसिसको आयोजनामा भएको रक्तदानमा १६ महिला र ४७ पुरुष गरी ६३ जनाले रक्तदान गरेको धरमपुर साकोसका व्यवस्थापक बिनोद ढकालले बताए ।
क्रिएटिभ नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी शिवसताक्षीको सहकार्य र नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता दिपकुमार श्रेष्ठले गरेका थिए ।
प्रकाशकुमारसिंह साँवा लिम्बूले सञ्चालन गरेको कार्यक्रममा सताक्षीधाम सामुदायिक अध्ययन केन्द्र अध्यक्ष नारायण बजगाईं , कुलबहादुर बस्नेत, मनबहादुर श्रेष्ठ, अशोक बस्नेत लगायतको आतिथ्यता रहेको विवेक ढकालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्