झापा, असार ४ ।झापाका दुईजना महिलामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हल्दिबारी गाउँपालिका वडा नं १ र ३ का एउटै उमेर ३० वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु कतारबाट आएर हेल्थपोष्ट क्वारेन्टाइनमा बसेका थिए । योसँगै झापामा कोरोना संक्रमित महिलाको संख्या ४ पुगेको छ । यसअघि गौरादह र शिवसताक्षीका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजसम्म झापाका १८२ जना संक्रमित भएका छन् । जसमध्ये १२१ जना निको भएर घर फर्किएका छन् । पछिल्लोपटक आज १२ जना घर फर्किएका हुन् । घर फर्किनेमा कचनकवलका ११ र भद्रपुरका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्