झापा, असार ६ । भारतपछि अब चीनले पनि आफ्नो हिरासतमा कुनै पनि भारतीय नरहेको बताएको छ । चीनले पुरै गलवान उपत्यका आफ्नो अधिकार क्षेत्रमा रहेको स्पष्ट समेत पारेको छ ।

चीनको विदेश मन्त्रालयद्वारा आयोजत नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लीजियानले त्यस्तो दावी गरेका हुन् । उनले भने, ’जहाँसम्म मलाई जानकारी छ , यो समय चीनको हिरासतमा कुनै भारतीय सैनिक छैन ।’यद्धपि, उनले भारतीय सैनिकलाई हिरासतमा राखेको पुष्टि गरेनन् । भारतीय मिडिया की रिपोर्टमा चीनले हिंस्रक झड़पपछि भारतका ४ अधिकारी र ६ जवानलाई आफ्नो कब्जामा लिएको थियो र उनीहरुलाई बिहीबार साँझ रिहा गरिएको जनाइएको छ । सो हिंस्रक झड़पमा भारतका २० सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्