काठमाडौं , असार ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीे (नेकपा)ले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकबारे टुंगो लगाएको छ ।

शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधयेकमा विवादको विषय बनेको विहे गरी आउने विदेशी महिलालाई नागरिकता दिनेबारे निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकपछि सञ्चारकर्मीमाझ बोल्दै श्रेष्ठले जानकारी दिए अनुसार विहे गरी आउने विदेशी महिलाको हकमा सात वर्ष नेपालमा बसोबास गरेपछि अंगीकृत नागरिकता दिने व्यवस्था गरी विधेयक अगाडी बढाउने निर्णय भएको छ । नागरिकता पाउनका लागि अर्काे देशको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई त्याग्न प्रकृया चलाएको प्रमाण पेस गर्नु पर्ने गरी व्यवस्था गर्ने निर्णयमा सहमति भएको श्रेष्ठले जानकारी दिए। उनीहरुले विवाह गरेर आएको दिनदेखि नै सामाजिक र आर्थिक अधिकार प्राप्त गर्ने गरी आवासीय प्रमाणपत्र दिने कुरा भने विधेयकमा सर्वसम्मत नै रहेको श्रेष्ठको भनाइ छ । बैठकमा एमसीसी तथा स्थायी कमिटी बैठक डाक्नेबारे कुनै छलफल नभएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्