गौरीगञ्ज ,असार ६ । आज प्रदेश नम्बर १ मा ११ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आज झापाको गौरीगञ्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मोरङमा ८ जना नयाँ संक्रमित थपिएका छन् ।
मोरङको रतुवामाइ नगरपालिकामा ८ जना कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै सुनसरीको कोशी गाउँपालिकामा पनि आज २ जना महिलामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर मेहताले जानकारी दिए ।
प्रदेश स्वास्थ्य प्रयोगशाला विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुगेको छ । तीमध्ये २३४ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्