झापा , असार ६ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ३३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो। संक्रमितमध्ये ७५६ महिला र सात हजार आठ ४९ जना पुरुष छन्। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १५८ पुरुष र १८ महिला छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ ।मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६९ हजार एक सय ६५ र आरडीटी विधिबाट दुई लाख ५२ हजार दुई सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशभरका २४ प्रयोगशालामा भएको परीक्षणमा पीसीआर विधिबाट सात हजार चार सय १६ र आरडीटी विधिबाट चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा एक लाख दुई हजार दुई सय ४५ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार सात हजार पाँच जनाको आइसोलेसनमा उपचार भइराखेको छ । २२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्