भद्रपुर, असार ६ । लायन्स क्लब अफ भद्रपुरको प्रेसिडेन्टमा योगेन्द्र पौडेलले जिम्मेवारी पाएका छन् ।

हालका प्रेसिडेन्ट यामबहादुर श्रेष्ठले नवनिर्वाचित प्रेसिडेन्ट योगेन्द्र पौडेललाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । यसैगरी फस्ट भ्वाइस प्रेसिडेन्टमा प्रकाश उप्रेती, सेकेन्ड भ्वाइस प्रेसिडेन्टमा भूमि राजवंशी, थर्ड भ्वाइस प्रेसिडेन्ट शर्मिला अधिकारीले जिम्मेवारी पाएका छन् । यस्तै सेक्रेटरीमा गोपालदास खनाल, भ्वाइस सेक्रेटरी अनिता राजवंशी, कोषाध्यक्ष उत्तम राजवंशी, टोलट्यस्टर अनिता रिजाल, क्लब मेम्बरसिप चियर पर्सन उर्मिला गौतम, क्लब एलसिआइएफ कोअर्डिनेटर प्रदीपमणि रेग्मी, क्लब सर्भिस चेयर पर्सन पार्वती ओझा, क्लब मार्केटिङ कम्युनिकेशन चियरपर्सन मदन अधिकारी, क्लब डाइरेक्टर शिवकुमार गुप्ताले जिम्मेवारी लिएका हुन् ।
हालका प्रेसिडेन्ट यामबहादुर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भद्रपुर स्थित उद्योग संघको सभाहलमा भएको लायन्सको भेलाले आगामी बर्षको नेतृत्व चयन गरेको हो । आगामी समितिको कार्यकाल जुलाइ १ बाट सुरू हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्