शिवसताक्षी, असार ६ । झापाको शिवसताक्षीमा तीनदिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।

नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्ने अभिप्रायले आयोजना गरिएको उक्त तालिमको आयोजक सतासी साप्ताहिक खबर पत्रिका तथा आर्थिक सहयोग शिवसताक्षी नगरपालिकाले गरेको हो । शनिबारदेखि सोमबारसम्म चल्ने तीनदिने तालिम दूधेस्थित भूपू सैनिक संघको सभाहलमा शुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख चन्द्रकुमार शेर्माले पत्रकारिता सीप जता गए पनि काम लाग्ने भएकाले सबैले यस तालिमलाई महत्व दिएर सिक्न जोड दिए । कार्यक्रममा प्रशिक्षक दिपिन राई, सताक्षी प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडी, गजलकार दिलिप घिमिरेलगायतले मन्तब्य राखेका थिए ।
सतासी साप्ताहिक खबर पत्रिकाका अध्यक्ष योगेन लावतीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक सेलिङ केसीले गरेका थिए । तालिममा नगरभरिका २७ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्